Thursday, November 13, 2025
spot_img

सिट्रोनको विशेष अफरसहित नेपालभर निःशुल्क चेकजाँच क्याम्प

spot_img

नेपालमा सिट्रोन गाडीहरुको लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन गाडीको ग्राहकहरुलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्दैछ । यो क्याम्पले खरीद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस क्याम्पमा फ्री सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुने छन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरुको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने विश्वास कम्पनीको छ ।

यो क्याम्प दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण श्रावण २७ र २८ गते विर्तामोडमा, श्रावण २९ र ३० गते बिराटनगरमा र श्रावण ३२ गते बीरगञ्जमा हुँदैछ ।

दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाट समावेश छन् । यी स्थानमा आयोजना हुने क्याम्पको मिति छिट्टै घोषणा गरिनेछ ।

सिट्रोनले आफ्ना ग्राहकहरुलाई तोकिएको मिति र स्थानहरूमा यी विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img