Saturday, June 13, 2026
spot_img

वैद्य अर्गनाइजेशन बन्यो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

spot_img
spot_img

नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो ।

यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो । प्रिमियम इलेक्ट्रीक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अब अल्ट्राभोइलेटका इलेक्ट्रीक मोटरसाइकल पनि बिक्री गर्ने भएको हो ।

अल्ट्राभोइलेटको डिलरशिप पाएसँगै वैद्यज अर्गनाइजेसनको आक्रामक बजार विस्तारको योजना अघि बढाएको छ । कम्पनीले देशभरका ग्राहकहरूलाई विश्वस्तरीय स्वामित्वको अनुभूति दिलाउन प्रिमियम शोरुम अनुभव, अत्याधुनिक सर्भिस पूर्वाधार निर्माण र भरपर्दो बिक्रीपछिको सेवा नेटवर्क उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्ने भएको हो ।

अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यमले वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा आफू उत्साहित रहेको बताए । ‘नेपालमा अल्ट्राभोइलेटको अनुभवलाई अझ सुदृढ र विस्तार गर्न वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं । यो सहकार्य हाम्रो विश्वव्यापी यात्रामा एउटा महत्त्वपूर्ण अध्याय हो, किनकि हामी हाम्रा फ्ल्यागसिप उत्पादनहरू एफ ७७ सिरिजका साथ अन्तर्राष्ट्रिय स्तरमा तीव्र रूपमा विस्तार भइरहेका छौं । यी मोटरसाइकलहरू भारतमा डिजाइन र निर्माण गरिएका हुन् । जसले डिजाइन, प्रविधि र प्रफर्मेन्सप्रतिको हाम्रो प्रतिबद्धता र अर्को पुस्ताको गतिशीलताको उत्कृष्ट नमुना झल्काउँछन्’ उनले भने ।

उनले वैद्यज अर्गानाइजेसनसँग मिलेर ग्राहकलाई उत्पादनको पोर्टफोलियो, अत्याधुनिक प्रविधि र विश्वस्तरीय बिक्रीपछिको सेवासम्मको पूर्ण इकोसिस्टम प्रदान गर्ने बताए ।

वैद्यज अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले कम्पनीको पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्ने बताए । ‘नेपाली अटोमोबाइल बजार द्रुत गतिमा विकसित भइरहेको छ। आजका ग्राहकहरू केवल यात्राका लागि सवारी साधन मात्र खोजिरहेका छैनन्, उनीहरू प्रविधि, उत्कृष्ट प्रफर्मेन्स, प्रिमियम डिजाइन र विश्वस्तरीय स्वामित्वको अनुभव पनि चाहन्छन्। हाम्रो पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ उनले भने ।

अल्ट्राभोइलेट इलेक्ट्रीक मोटरसाइकल ब्रान्ड मात्र नभई यो एरोस्पेस ग्रेड टेक्नोलोजी, फ्युचरिस्टिक डिजाइन, उन्नत ब्याट्री प्रणाली र स्मार्ट कनेक्टिभिटी सुविधाहरू सहित इन्जिनियर गरिएको अर्को पुस्ताको प्रिफर्मेन्स मोबिलिटी प्लेटफर्म भएको बताइएको छ । यो युरोपसँगै विश्वभर पर्फमेन्स, इनोभेसन र प्रविधिमा आधारित राइडिङ अनुभवको उत्कृष्ट मिश्रण प्रदान गर्ने ब्राण्डको रूपमा परिचित छ ।

एक्स ४७ क्रसओभर ल्याउँदै

कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ । कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाल ल्याउने भएको हो । एक्स ४७ क्रसओभरको प्री बुकिङ छिट्टै सुरू गर्ने कम्पनीले जनाएको छ ।

एक्स ४७ क्रसओभर आफ्नो सेगमेन्टमा इन्ट्रीग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकल समेत हो । एक्स ४७ दैनिक राइडरहरू, रोमान्चक यात्रा मन पराउनेहरू र उत्साहीहरूका लागि इन्जिनियरिङ र निर्माण गरिएको छ ।

त्यस्तै, कम्पनीले नेपालमा अल्ट्राभोइलेटमा एफ ७७ को ओरिजिनल र एफ ७७ रिकन मोडलको बुकिङ खुलाएको छ । कम्पनीले एफ ७७ को ओरिजिनल मोडलको सुरूवाती मूल्य ८ लाख ११ हजार र एफ ७७ को रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो ।

एफ ७७ मोटरसाइकलमा १०।३ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३२३ किमी आइडीसी रेन्ज दिनेछ । यसमा ३० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यो बाइकले मात्र २।८ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ । यसको टप स्पीड १५५ किमी प्रतिघण्टा छ । यसमा रहेको ३९ लेभल ट्रयाक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक परिस्थितिहरूमा उत्कृष्ट पकड र स्थिरता सुनिश्चित गर्दछ । यसमा १० लेभलको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली छ । जसले थप सुविधा प्रदान गर्दै प्रभावकारी रूपमा यसको रेन्ज बढाउँछ ।

यसमा डाइनामिक स्टेबिलिटी कन्ट्रोल छ । जसले माइल्ड, एक्टिभ वा प्यानिक ब्रेकिङका बेला पूर्ण नियन्त्रण र स्थिरता सुनिश्चित गर्न एबीएससँग रिजेनेरेटिभ ब्रेकिङ लेभललाई सहज रूपमा मिलाउँछ । जसले राइडिङलाई सुरक्षित बनाउँछ । यसको हिल होल्ड फिचरले उकालो सडकहरूमा बारम्बार ब्रेक नदबाए पनि मोटरसाइकललाई स्थिर राख्न मद्दत गर्दछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...

नेपाल लेखामान बोर्डको अध्यक्षमा रमेश कुमार धिताल नियुक्त

सरकारले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट...
spot_img