Monday, April 20, 2026
spot_img
spot_img

७ महिनामा भित्रिए ५८ सय ईभी, सरकारले पायो ८ अर्ब ४६ करोड राजस्व

spot_img
spot_img

चालु आर्थिक वर्षको ७ महिनामा ५ हजार ८ सय युनिट विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को माघ मसान्त सम्मको तथ्यांक अनुसार यस अवधिमा ५ हजार ८९४ युनिट विद्युतीय कार नेपाल भित्रिएका हुन् ।

यसमध्ये ३ अर्ब ५० करोड १३ लाख १३ हजार मूल्य बराबरका ५० किलोवाटसम्मका १ हजार ९९२ युनिट ईभी नेपाल आयात भएका छन् । त्यस्तै, ८ अर्ब ७६ करोड ४१ लाख ७३ हजार बराबरका ५१ देखि १०० किलोवाट सम्मका ३ हजार ४०२ युनिट विद्युतीय जीप, कार र भ्यान नेपाल भित्रिएका छन् ।

१ अर्ब ५३ करोड ५२ लाख ५५ हजार मूल्य बराबरका १०१ देखि २०० किलोवाट सम्मका ४९३ युनिट विद्युतीय कार आयात भएका छन् । २०१ देखि ३०० किलोवाट सम्मका ७ युनिट ईभी आयात भएको भन्सारको तथ्यांक छ । यीनको मूल्य ४ करोड ६९ लाख ९२ हजार छ ।

यसरी आयात भएका विद्युतीय गाडीबापत सरकारले ८ अर्ब ४६ करोड १९ लाख ९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

यसैबीच, २३ लाख ९७ हजार बराबरका ५० किलोवाट सम्मका २ युनिट अनएसेम्बल्ड ईभी पनि नेपाल भित्रिएका छन् । यी २ युनिट अनएसेम्बल्ड ईभी आयात हुँदा सरकारले ७ लाख ६९ हजार राजस्व पाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

आज घरेलु मैदानमै फ्लडलाइटमा युएईसँग ऐतिहासिक टि २० क्रिकेट खेल्दै नेपाल

नेपालले आज आफ्नो घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार...
spot_img