Wednesday, March 4, 2026
spot_img

७ महिनामा भित्रिए ५८ सय ईभी, सरकारले पायो ८ अर्ब ४६ करोड राजस्व

spot_img
spot_img

चालु आर्थिक वर्षको ७ महिनामा ५ हजार ८ सय युनिट विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को माघ मसान्त सम्मको तथ्यांक अनुसार यस अवधिमा ५ हजार ८९४ युनिट विद्युतीय कार नेपाल भित्रिएका हुन् ।

यसमध्ये ३ अर्ब ५० करोड १३ लाख १३ हजार मूल्य बराबरका ५० किलोवाटसम्मका १ हजार ९९२ युनिट ईभी नेपाल आयात भएका छन् । त्यस्तै, ८ अर्ब ७६ करोड ४१ लाख ७३ हजार बराबरका ५१ देखि १०० किलोवाट सम्मका ३ हजार ४०२ युनिट विद्युतीय जीप, कार र भ्यान नेपाल भित्रिएका छन् ।

१ अर्ब ५३ करोड ५२ लाख ५५ हजार मूल्य बराबरका १०१ देखि २०० किलोवाट सम्मका ४९३ युनिट विद्युतीय कार आयात भएका छन् । २०१ देखि ३०० किलोवाट सम्मका ७ युनिट ईभी आयात भएको भन्सारको तथ्यांक छ । यीनको मूल्य ४ करोड ६९ लाख ९२ हजार छ ।

यसरी आयात भएका विद्युतीय गाडीबापत सरकारले ८ अर्ब ४६ करोड १९ लाख ९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

यसैबीच, २३ लाख ९७ हजार बराबरका ५० किलोवाट सम्मका २ युनिट अनएसेम्बल्ड ईभी पनि नेपाल भित्रिएका छन् । यी २ युनिट अनएसेम्बल्ड ईभी आयात हुँदा सरकारले ७ लाख ६९ हजार राजस्व पाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टी २० विश्वकपको पहिलो सेमिफाइनल खेल आज

आईसीसी  टी २० विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल...

तोलामा ११ हजारले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

चुनावले खपत बढाउँदा पेट्रोल पम्पमा लाइन, खाडीबाट तेल आउँन नसके विकल्पमा भेनेजुयला

देशभरी पेट्रोलियम पदार्थको खपत बढेको छ । निर्वाचनका कारण...

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...
spot_img