सरकारले काठमाडौँमा १०० मेगावाट क्षमताको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार सुक्खायाममा हुने विद्युतको माग र आपूर्ति सम्बोधन गर्न काठमाडौँमा १०० मेगावाट क्षमताको ब्याट्री इनर्जी स्टोरेज प्रणाली स्थापना गरिने छ ।
त्यस्तै सरकारले ग्रिन हाइड्रोजन उत्पादनको लागि पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ। जसको लागि हेटौडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन उत्पादनको लागि पाइलट परियोजना सुरु गरिने छ।












