Saturday, June 13, 2026
spot_img

संसदमै बजेट भाषण सुन्न निजी क्षेत्रबाट को को जाँदैछन् ?

spot_img
spot_img

संघीय संसद्को नयाँ भवन तयार नभएपछि आगामी आर्थिक वर्षको बजेट हाल सञ्चालमा रहेको पूरानै बहुउद्देश्यीय हलबाट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अपरान्ह ४ बजे पूरानै हलबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण गर्नेछन् ।

नयाँ हल तयार नभएपछि यसपाली बजेट भाषणमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई फरक कोठामा राखेर ‘स्क्रिन’मा मात्रै बजेट भाषण देखाइने भएको छ । पूरानो हलमा पर्याप्त ठाउँ नभएपछि संसद सचिवालयले निजी क्षेत्रका संगठनका प्रतिनिधिहरुलाई छुट्टै कोठामा राखेर त्यहाँ स्क्रिन राखेर बजेट लाइभ देखाउने वैकल्पिक प्रबन्ध गरेको हो ।

कुन संगठनबाट को को जाँदैछन् ?

नेपाल उद्योग परिसंघबाट बजेट भाषणमा दुई जना सहभागी हुँदैछन् । अध्यक्ष वीरेन्द्रराज पाण्डे र महानिर्देशक घनश्याम ओझा सीएनआईबाट सहभागी हुने पक्का भएको छ ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सबाट १९ जना जाँदैछन् । चेम्बरबाट अध्यक्ष कमलेश कुमार अग्रवालसहित पदाधिकारी र महानिर्देशकसमेत सहभागी हुन लागेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघबाट को को सहभागी हुँदैछन् भन्ने टुङ्गो लागिसकेको छैन । अध्यक्ष अन्जन श्रेष्ठ एक्लै जान सक्ने बताइन्छ ।

छुट्टै कोठामा राखिने भएपछि उत्साहित छैन निजी क्षेत्र

विगतमा बजेट भाषणका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरु मूल हलमै सहभागी हुन्थे । ध्यानपूर्वक बजेट वक्तव्य सुन्थे र बाहिर निस्किएर सञ्चारकर्मीमाझ प्रतिक्रिया दिन्थे । तर, यसपटक फरक हलमा राखेर स्क्रिनमा लाइभ देखाउने भएपछि निजी क्षेत्रले सहभागीताका लागि खासै बल गरेको छैन ।

‘त्यहाँ गएर एउटा कोठामा बसेर लाइभ हेर्नुभन्दा घरमै बसेर हेरे भइहाल्यो नि !’ एक जना उद्योगीले भन्छन्, ‘यो प्रभावकारी पनि हुँदैन । मन्त्री र सांसदसँग अन्तरक्रिया नहुने भएपछि जानु र नजानुको अर्थ हुँदैन ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...
spot_img