आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो २:३० बजे बोलाईएको छ। यो बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने छ।
मन्त्रिपरिषद्को बैठकबाट पारित भएपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज शुक्रबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने छन्। बजेट पेश गर्नको लागि दिउँसो ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्न लागेको हो।












