सरकारकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटको आकार घटाएको छ । बजेटको अर्धवार्षिक समीक्षामार्फत अर्थ मन्त्रालयले झण्डै १५ प्रतिशतले आकार संशोधन गरेको हो ।
गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट भाषण भएकोमा अर्थमन्त्री रामेश्वर खनालले आकार संशोधन गरेर १६ खर्ब ८८ अर्ब ३२ करोडमा सिमित गरिदिएका हुन् । संशोधित बजेट कार्यान्वयन अनुमान गत जेठमा भाषणा भएको बजेटको तुलनामा ८५.९६ प्रतिशत मात्रै हो ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड बजेट खर्च भएको छ । अब बाँकी अवधिमा थप करिब ९ खर्ब बजेट खर्च हुने अनुमान गरिएको छ ।












