Thursday, May 22, 2025
spot_img

१३४ प्रतिशतले बढ्यो कालिका लघुवित्तको खुद नाफा

कालिका लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १३४.०३ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड ६९ लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढेर २५ करोड ५० लाख पुगेको छ । यस अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज अन्तर्गत २ करोड ७८ लाख रुपैयाँ रिभर्स भएको छ । जसको कारण खुद ब्याज आम्दानी सामान्य बढे पनि खुद नाफा भने १३४.०३ प्रतिशत बढेको देखिन्छ।

कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ  रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७.२४ रुपैयाँबाट बढेर १६.९५ रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १७२.७० रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ३७ करोड २३ लाख रहेको छ भने रिजर्भमा २७ करोड ६ लाख रहेको छ । कम्पनीको खराब कर्जा ३.७९ प्रतिशत रहेको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img