Wednesday, August 26, 2026
spot_img
spot_img

मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारणसभा आह्वान

spot_img

मानुषी लघुवित्त मर्जरमा जाने भएको छ । कम्पनीले मर्जर समबन्धि प्रस्ताव पारित गर्न भदौ ७ गते शुक्रबार विशेष साधारणसभा आह्वन गरेको छ।

कम्पनीको विशेष साधारणसभामा मर्जरमा जाने, मर्जर समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावली आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले यस अघि श्रीजनशील लघुवित्तसँग मर्जर सम्झौता गरेर सम्झौता तोडेको थियो।

यस्ता छन् कम्पनीको विशेष साधारणसभामा पेश हुने प्रस्तावहरु:  

१. मर्जर (Merger) सम्बन्धमा ।

२. कुनै पनि लघुवित्त वित्तीय संस्था सँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती / समाहित (Acquisition) हुने, डिमर्जर (Demerger) गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्याङ्कन ( Due Diligence Audit) गर्ने, परार्मशदाता, मुल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरु सँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमनकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिमार्जन गर्न, मर्जर तथा डिमर्जर गर्न र अन्य निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिमार्जन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...