मातृभूमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा चयन भएका छन् । किसान लघुवित्त र जल्पा सामुदायिक लघुवित्तबीच मर्ज भएर बनेको मातृभूमी लघुवित्तको अध्यक्षमा लोकराज शर्मा चयन भएका हुन् ।
सञ्चालकहरुमा शम्भुप्रसाद घिमिरे, खडानन्द सापकोटा, भरतबहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौतम र बिमला योगी चयन भएका छन् । उनीहरु सबैले पद तथा गोपनीयताको सपथसमेत ग्रहण गरी पदभारसमेत ग्रहण गरिसकेको कम्पनीले जनाएको छ ।
साथै समितिको बैठकले संस्थाको का.मु प्रमुख कार्यकारी अधिकृतमा अशोक कुमार आचार्य र कम्पनी सचिवमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई नियुक्त गरेको छ ।