Monday, December 29, 2025
spot_img

स्वस्तिक लघुवित्तद्वारा बजेट कार्यान्वयनबारे समिक्षा

spot_img

स्वस्तिक लघुवित्तले गत आर्थिक वर्षको संस्थाको बजेट कार्यन्वयनको समिक्षा गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको समिक्षा गरेको हो ।

यस अवसरमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा भोगेको सकारात्मक तथा नकारात्मक विषय उपरमाथि समिक्षा गर्दै सेवालाई निरन्तरता कायम राखि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको कम्पनीले जनाएको छ । बिगतको चुनौतिलाई सामाधान गर्दै चालु आर्थिक वर्षमा कसरी कार्य गर्ने भन्ने विषयमा कर्मचारीहरुसँग अन्तरक्रिया गर्दै बजेट कार्यान्वयनको योजना सम्बन्धि तालिम संचालन गरिएको संस्थाको संचालन विभाग प्रमुख सन्तोष कुमार साहले जानकारी दिए ।

संस्थाले केही दिन अगाडी नै आईपिओ जारी गरेको र आईपिओबाट प्राप्त पुँजीलाई व्यवसाय विस्तारमा प्रयोग गरि संस्थाको व्यवसायलाई बृद्धि गर्ने योजना भएको रहेका संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले बताए ।

आईपिओमा आवेदन दिने अवधि समापन भईसकेको र हाल बाँडफाँडको तयारीमा रहेकोले छिट्टै बाँडफाँड पनि गरिने उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले आज...

वैदेशिक रोजगारीमा जानेलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने अध्यक्ष ढकालको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा...

कामना सेवा विकास बैंकद्वारा स्याङ्जामा पोशाक तथा शैक्षिक सामाग्री वितरण 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर...
spot_img
spot_img