Thursday, May 22, 2025
spot_img

हिमालयन लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पत्र  

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम  सञ्चालन गरेको छ ।  २०८१ असार २१ गते आफ्नो स्थापनाको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।

लघुवित्तले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएकोमा यस पटक पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ८४५ जना बिपत्र छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको जनाएको छ ।  साथी झापा जिल्लाको प्रसिद्ध पाउ पाथिभरा मन्दिर तथा कपिलवस्तु जिल्लाको प्रसिद्ध जगत्र देवी मन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टवीन र ¥याक सहयोग  गरी १२औं वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको लघुवित्तले उल्लेख गरेको छ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. ९२ करोड बचत संकलन गरी करिब रु. ३ अर्ब ८७ करोड लगानी गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img