Wednesday, August 5, 2026
spot_img

समृद्धि फाइनान्सको बुटवल शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

spot_img

समृद्धि फाइनान्सको बुटवल शाखाले २०८२ साल श्रावण २५ गते शाखा परिसरमा आफ्ना कर्जाग्राही तथा स्थानीय व्यवसायीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३२ जना सहभागी भएका थिए।

कम्पनीका अनुसार कार्यक्रममा हालको बैंकिङ क्षेत्रको अवस्था, बैंकिङ प्रणाली कसरी सञ्चालन हुन्छ, बचत गर्ने बानी, ऋण र यसको उचित प्रयोगका विषयमा जानकारी प्रदान गरिएको थियो। वित्तीय साक्षरता कार्यक्रमको प्रमुख उद्देश्य विद्यमान ग्राहकहरू र नजिकका व्यवसायीहरूसँगको सम्बन्ध थप सुदृढ गर्नुका साथै वित्तीय ज्ञान प्रदान गरी तिनीहरूलाई सम्भावित ग्राहकका रूपमा परिचय गराउनु थियो।

कार्यक्रममा विद्यमान ग्राहक र व्यवसायीहरूलाई ऋणको उचित उपयोग र बैंकिङ सम्बन्धी विभिन्न पक्षबारे जानकारी प्रदान गराएर उनीहरूलाई सचेत र जागरूक बनाइएको कम्पनीले जनाएको छ।

फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...

ग्लोबल आईएमईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२...

डिजिटल प्राधिकरण अभियान: DMS र सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरु

नेपाल विद्युत प्राधिकरणले आफ्नो 'डिजिटल NEA' अवधारणालाई थप सुदृढ...

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै...
spot_img