शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









