Wednesday, February 11, 2026
spot_img

कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

spot_img
spot_img

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरी स्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) को १७२ औं स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयमा अध्ययनरत करिब ११०० भन्दा बढी विद्यार्थीहरुमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गदैं बैंकले छात्रवृत्ति प्रदान गरेको हो । उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरेकी हुन्  ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक पौडेलले विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरी उनीहरुको हौसला बढाउनुका साथै उज्वल शैक्षिक भविष्यमा पुग्ने अतुलनीय सहयोगको लागि बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले आफ्नो सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रमा योग्दान पुर्याउदै आएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाईन्।

उक्त कार्यक्रम विद्यालय व्यवस्था संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्काशनको अनुमति

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको...

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS...

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव...

गुणस्तर विभागलाई उद्योग परिसंघद्वारा २० लाखको प्रयोगशाला यन्त्र हस्तान्तरण

नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला...
spot_img