कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोकमार्फत Breathe of Life बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।
बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
आश्रमकी सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभुत आवश्यकता, शिक्षा र उज्जवल भविष्य सुनिश्चित गर्ने उदेश्यले सञ्चालित आश्रमलाई बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गरिन् । उनले आश्रममा रहेका गरिब तथा विपन्न बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताइन् ।
उक्त कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले आश्रममा वितरण गरिएको खाद्यान्न तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उक्त कार्यक्रममा उप–मेयर नितु थापा कोइराला, वडा अध्यक्ष योेगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरु, बाल आश्रमका सहभागी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कामना सेवा विकास बैंकले भविष्यमा पनि सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।












