spot_img

कामना सेवा विकास बैङ्कले अग्राधिकार शेयर निष्काशन गर्ने, ९ प्रतिशत लाभांश

spot_img

कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) जारी गर्ने भएको छ । बैंकको असार १७ गते बसेको संचालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकले बैंकको आ.व. २०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा रु. १००/- का दरले ३५ लाख इकाई अर्थात रु. ३५ करोड बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार ९ प्रतिशत लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि यी शेयर निष्काशन गरिने छ ।   कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवर (Private Placement) बाट संस्थागत लगानीकर्ताहरुको लागि मात्र बिक्री गरिने पनि बैंकले उल्लेख गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...