Sunday, May 25, 2025
spot_img

कामना सेवा विकास बैङ्कले अग्राधिकार शेयर निष्काशन गर्ने, ९ प्रतिशत लाभांश

spot_img
spot_img

कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) जारी गर्ने भएको छ । बैंकको असार १७ गते बसेको संचालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकले बैंकको आ.व. २०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा रु. १००/- का दरले ३५ लाख इकाई अर्थात रु. ३५ करोड बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार ९ प्रतिशत लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि यी शेयर निष्काशन गरिने छ ।   कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवर (Private Placement) बाट संस्थागत लगानीकर्ताहरुको लागि मात्र बिक्री गरिने पनि बैंकले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img