spot_img

सहकारी ठगीमा मुछिएका जीबी राई सहित १८ जनालाई नेपाल ल्याउन विशेष समितिको निर्देशन

spot_img

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा संलग्न १८ जनालाई खोज्नको लागि नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सहकारी क्षेत्रको वचत दुरुपयोग,अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन गृहमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको छ।

समितिले आज गृहमन्त्री  रमेश लेखक, ग्रिह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो ।

छलफलमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, वचतकर्ताहरको वचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्ने बताएका छन्।

समितिका अनुसार निम्न व्यक्तिहरुलाई विदेशबाट ल्याउनुपर्ने छ ।

१. जीबी राई -सूर्य दर्शन सहकारी, पोखरा
२. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर
३. राजमाया महर्जन – ” “, काठमाडौं
४. सचिन महर्जन – ” “, काठमाडौं
५. सरला महर्जन – ” ” , ललितपुर
६. ज्ञानबहादुर बम्जन- सूर्यदर्शन सहकारी, पोखरा
७. भुपेन्द्र राई-सूर्यदर्शन सहकारी, पोखरा
८. तेजबहादुर बम्जन-शिव शिखर सहकारी
९. देवकुमार नेपाली- इमेज वचत, पोखरा
१०.छेदा नेपाली – इमेज वचत सहकारी, बागलुङ
११.तस्बिरन खातुन- सानोपाइला सहकारी,बीरगंज
१२. असरफ अलि – सानो पाइला सहकारी, बीरगंज
१३.सुवास केसी- सहारा सहकारी, चितवन
१४. दीपक पौडेल- इमेज सहकारी, बागलुङ
१५. लीलानाथ गौतम-शिव शिखर सहकारी, भक्तपुर
१६. महाशंकर रेग्मी-मेघा ड्रिम सहकारी, काठमाडौं
१७. थानबहादुर बुढामगर- सूर्यदर्शन सहकारी, पोखरा
१८. प्रेमध्वज लामा- कान्तिपुर कोअपरेटिभ, काठमाडौं

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र...

महँगी बढेको हो ? ४९ वस्तुमा गरिएको अध्ययनले यसो भन्छ

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ...

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

 सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७,...

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ ।...

सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायद्वारा ३० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको...