Friday, November 14, 2025
spot_img

सहकारी ठगीमा मुछिएका जीबी राई सहित १८ जनालाई नेपाल ल्याउन विशेष समितिको निर्देशन

spot_img

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा संलग्न १८ जनालाई खोज्नको लागि नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सहकारी क्षेत्रको वचत दुरुपयोग,अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन गृहमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको छ।

समितिले आज गृहमन्त्री  रमेश लेखक, ग्रिह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो ।

छलफलमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, वचतकर्ताहरको वचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्ने बताएका छन्।

समितिका अनुसार निम्न व्यक्तिहरुलाई विदेशबाट ल्याउनुपर्ने छ ।

१. जीबी राई -सूर्य दर्शन सहकारी, पोखरा
२. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर
३. राजमाया महर्जन – ” “, काठमाडौं
४. सचिन महर्जन – ” “, काठमाडौं
५. सरला महर्जन – ” ” , ललितपुर
६. ज्ञानबहादुर बम्जन- सूर्यदर्शन सहकारी, पोखरा
७. भुपेन्द्र राई-सूर्यदर्शन सहकारी, पोखरा
८. तेजबहादुर बम्जन-शिव शिखर सहकारी
९. देवकुमार नेपाली- इमेज वचत, पोखरा
१०.छेदा नेपाली – इमेज वचत सहकारी, बागलुङ
११.तस्बिरन खातुन- सानोपाइला सहकारी,बीरगंज
१२. असरफ अलि – सानो पाइला सहकारी, बीरगंज
१३.सुवास केसी- सहारा सहकारी, चितवन
१४. दीपक पौडेल- इमेज सहकारी, बागलुङ
१५. लीलानाथ गौतम-शिव शिखर सहकारी, भक्तपुर
१६. महाशंकर रेग्मी-मेघा ड्रिम सहकारी, काठमाडौं
१७. थानबहादुर बुढामगर- सूर्यदर्शन सहकारी, पोखरा
१८. प्रेमध्वज लामा- कान्तिपुर कोअपरेटिभ, काठमाडौं

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img