Saturday, July 11, 2026
spot_img

डीबी संलग्न गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

spot_img

सरकारले गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले असार ६ गते ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित ताल्छिखेलमा रहेको सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

सो सहकारीले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो सहकारीमा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएको छ।

सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ।

तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटालमा संलग्न डम्बरबहादुर बम्जन तामाङ (डीबी) र उनका दाजु तेजबहादुर तामाङ सो सहकारीमा सञ्चालक थिए। उनीहरु र अन्य सञ्चालक तथा पूर्वसञ्चालकले आफ्न्त र विभिन्न व्यक्तिका नाममा लिएको ऋण भुक्तानी नगर्दा सहकारीमा समस्या आएको  थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img