Saturday, May 9, 2026
spot_img

सहकारी नियमन गर्न प्राधिकरण बनाउने अध्यादेश, कसरी गर्छ काम ?

spot_img
spot_img

पछिल्लो केही वर्ष यता सहकारी संस्थाहरुका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको रकम दुरुपयोग गरेका घटना आएपछि सरकारले हालै मात्रै सहकारीको नियमन गर्न छुट्टै निकाय गठन गर्ने प्रक्रिया अघि बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सहकारी सम्बन्धी ऐन (२०७४), राष्ट्र बैंक ऐन (२०५८) र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन (२०७३) मा संशोधन गर्ने अध्यादेश क्याबिनेटबाट पारित भएको हो । मन्त्रिपरिषदको निर्णय अनुसार सो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश भएको छ । अब राष्ट्रपति पौडेलले जारी गरेपछि अध्यादेश लागू हुनेछ ।

अध्यादेशमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने जनाइएको छ । अध्यादेशअनुसार अब नियामक निकाय खडा भइसकेपछि त्यसले समस्याग्रस्त घोषित भएका सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो बिक्री गरेर बचतकर्ताको ५ लाख रुपैयाँसम्म तुरुन्त फिर्ता हुनेछ ।

प्राधिकरण गठनको अध्यादेशमा बचत तथा ऋणको सीमा पनि तोकिएको छ । १ प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको सहकारीमा ५० लाख रुपैयाँसम्म, १ जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको सहकारीमा २५ लाख रुपैयाँसम्म र एक जिल्लाभित्र कार्यक्षेत्र रहेको सहकारीमा १० लाख रुपैयाँसम्म व्यक्तिगत बचतको सीमा तोकिएको छ ।

प्राधिकरणको अध्यक्ष कसरी छानिन्छ ? 

अध्यादेशमा सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया पनि उल्लेख छ । यसका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति बन्नेछ । उक्त समितिले ३ जनाको नाम तालुक मन्त्रालय हुँदै मन्त्रिपरिषद समक्ष सिफारिस गर्नुपर्नेछ । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...
spot_img