Wednesday, February 11, 2026
spot_img

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन नेपाल एसबिआई बैंक र GIZ बीच सम्झौता

spot_img
spot_img

नेपाल एसबिआई बैंक लि. ले Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सो समझदारी पत्र बैंकका प्रमुख कर्जा अधिकृत रोशन कोइराला र आयोजनाका तर्फबाट GIZ Nepal का मुख्य सल्लाहकार Mr. Diego Senonor बीच आदानप्रदान भएको थियो ।

SET4NPL परियोजना Mitigation Action Facility को आर्थिक सहयोग, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा Global Green Growth Institute (GGGI) को सहकार्यमा जर्मन अन्तराष्ट्रिय सहयोग संस्था (Gesellschaft für Internationale Zusammenarbeit GIZ) द्धारा सञ्चालित कार्यक्रम हो ।

SET4NPL परियोजनाले नेपालको सार्वजनिक यातायातको क्षेत्रमा विद्युतिय सवारीको प्रयोगलाई सर्वस्वीकार्य बनाउन सार्वजनिक यातायात सञ्चालकहरु तथा त्यस्ता सार्वजनिक यातायात माथि लगानी गर्ने वित्तिय मध्यस्तकर्ताहरु (हायर पर्चेज कम्पनीहरु तथा बैंक तथा वित्तिय संस्थाहरु) लाई विभिन्न किसिमका वित्तिय तथा गैर वित्तिय प्रोत्साहनहरु प्रदान गर्दछ । यसले नेपालको सार्वजनिक यातायातलाई दिगो सुविधाजनक तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।

यसका लागि आयोजनाले ३५०० बिद्युतिय माइक्रोबस तथा मिनिबसहरु खरिद तथा सञ्चालन गर्न विभिन्न प्रोत्साहन प्याकेजहरु प्रदान गर्दछ । यस अन्तर्गत विद्युतिय सवारीहरुमा GPS, ई–टिकेटिङ्ग उपकरण तथा नेटवर्किङ्ग गरि एउटा केन्द्रिय वेब पोर्टलमा आयोजना अन्तर्गतका सबै सवारीसाधनहरुलाई आवद्ध गरिनेछ । नेपाल एसबिआई बैंक लि. ले मध्यस्तकर्ताको भुमिका निभाइ नेपालको हरित पहलमा एक जिम्मेवार योगदान कर्ता बन्ने लक्ष्य लिएको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्काशनको अनुमति

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको...

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS...

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव...

गुणस्तर विभागलाई उद्योग परिसंघद्वारा २० लाखको प्रयोगशाला यन्त्र हस्तान्तरण

नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला...
spot_img