Saturday, April 26, 2025
spot_img

आईएमएफले भन्यो, ‘नेपालको पुँजीगत खर्च बढ्न थाल्यो, अर्थतन्त्र सकारात्मक देखिँदैछ’

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले पुँजीगत खर्च बढ्दो क्रममा रहेको र कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा भएकाले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने जनाएको छ । आईएमएफले एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत पुग्ने अनुमान गरेको हो ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत थियो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर सुधार हुने देखिनुमा मौद्रिक नीतिको सहयोगी भूमीकाले पनि प्रभाव पार्ने देखिएको आईएमएफको भनाइ छ ।

तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ । यसअघि ५.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो ।

दक्षिण एसियाली क्षेत्रमा भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । यो विवरण गत अप्रिलको तुलनामा २ आधार बिन्दूले बढी हो ।

विश्व आर्थिक वृद्धिमा एसिया प्यासिफिकको योगदान ६० प्रतिशत कायमै रहने आईएमएफको प्रक्षेपण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img