Tuesday, June 9, 2026
spot_img

आईएमएफले भन्यो, ‘नेपालको पुँजीगत खर्च बढ्न थाल्यो, अर्थतन्त्र सकारात्मक देखिँदैछ’

spot_img
spot_img

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले पुँजीगत खर्च बढ्दो क्रममा रहेको र कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा भएकाले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने जनाएको छ । आईएमएफले एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत पुग्ने अनुमान गरेको हो ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत थियो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर सुधार हुने देखिनुमा मौद्रिक नीतिको सहयोगी भूमीकाले पनि प्रभाव पार्ने देखिएको आईएमएफको भनाइ छ ।

तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ । यसअघि ५.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो ।

दक्षिण एसियाली क्षेत्रमा भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । यो विवरण गत अप्रिलको तुलनामा २ आधार बिन्दूले बढी हो ।

विश्व आर्थिक वृद्धिमा एसिया प्यासिफिकको योगदान ६० प्रतिशत कायमै रहने आईएमएफको प्रक्षेपण छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img