Tuesday, March 18, 2025
spot_img
spot_img

साउनमा प्राप्त हुने ब्याज असार मै गणनाबारे राष्ट्र बैंकले पार्‍यो थप प्रष्ट

नेपाल राष्ट्र बैंकले असारको ब्याज साउनमा आए पनि असार कै आम्दानीमा गणना गर्न पाउने व्यवस्थाबारे थप प्रष्ट पारेको छ । राष्ट्र बैंकले आज  इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पुर्वाधार विकास बैंकलाई सूचना जारी गर्दै यसबारे थप प्रष्ट पारेको हो ।

जस अनुसार इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८० / ८१ मा प्रोदभावी आधार (Accural Basis) मा लेखांकन गरिएको ब्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (Retained Earning) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।

त्यस्तै राष्ट्र बैंकले लघुवित्तको हकमा पनि थप प्रष्ट पारेको छ । जस अनुसार हालसम्म NFRS लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउनेछन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img