Friday, March 21, 2025
spot_img
spot_img

पुँजीकोषको दबाबमा परेका बैंकलाई राष्ट्र बैंकले दियो राहत, असल कर्जाको प्रोभिजन घट्यो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै त्यसको समाधानको लागि विभिन्न व्यवस्था गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत विभिन्न सहजीकरण गरेको हो।

पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामकीय व्यवस्थाहरु बीच थप सामञ्जस्यता ल्याउने अभिप्रायले आर्थिक वर्ष २०८१÷८२ को लागि देहायबमोजिमको व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

१. पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।

२. असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।

३. कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।

४. विद्यमान Regulatory Retail Portfolio (RRP) को सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने ।

५. बैक तथा वित्तीय संस्थाले Tier 2 Capital गणना गर्दा Capital Adequacy Framework 2015 का व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी Regulatory Reserve मा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई Tier 2 Capital को रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने ।

६. उपरोक्त व्यवस्थाहरुबाट वित्तीय प्रणालीमा पर्ने असरलाई नियमित अनुगमन गर्ने ।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img