Sunday, June 14, 2026
spot_img

महुली लघुवित्तको १२ औं स्थापना दिवस कार्यक्रम समपन्न

spot_img
spot_img

महुली लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको छ ।
संस्थाले ३२ वटा जिल्लाका ६४ वटा शाखा कार्यालय मार्फत वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको हो । विरुवा संरक्षणलाई मुख्य प्राथमिकतामा राखि संस्थाको केन्द्रीय कार्यालयले अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ को अग्नीसाइर मन्दिर परिसर र अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ र १ वडाहरु शम्भुनाथ नगरपालिका वडा नं १ मा गरि करिब १५०० विरुवा, र वित्तीय संस्थाका अन्य शखा कार्यालहरुले सदस्यलाई विरुवा हस्तान्तरण गर्नुका साथै मन्दिर, स्कुल, अस्पताल परिसरमा करिब १०,००० वृक्षारोपण गरेका छन् ।

२०५७ साल देखि महुली सामुदायिक विकास केन्द्रबाट वित्तीय संस्थाको रुपमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार मिति २०६९ साल भदौ १७ गते कम्पनी रजिष्टार कार्यालयमा कम्पनी ऐन, २०६३ अन्र्तगत पब्लिक लि. कम्पनीको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा प्रवद्र्धन गरि मिति २०७० साल जेष्ठ ३० गते कम्पनि रिजिष्ट्रारको कार्यलयबाट कारोवार अनुमती प्राप्त गरि सोही मितिबाट महुली सामुदायिक विकास केन्द्रको लघुवित्त कार्यक्रम वित्तीय संस्थालाई हस्तान्तरण गरि कारोवार सञ्चालन गरेकोले कारोवार सञ्चालन मितिलाई नै आधार बनाएर हरेक वर्ष स्थापना दिवस मनाउदै आइरहको छ । यस सँगै महुली लघुवित्त वित्तीय संस्था लि.को मातृ संस्था महुली समुदायिक विकास केन्द्रले समेत आफ्नो ३२ औं वर्षमा प्रवेश गरेको छ ।

सप्तरी जिल्लामै विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको महुली सामुदायिक विकास केन्द्र र महुली लघुवित्त वित्तीय संस्था लि.ले वृक्षारोपण गर्दै संयुक्तरुपमा स्थापना दिवस मनाएका छन् । दुबै संस्था भिन्दै प्रकृतिको भए पनि सप्तरी जिल्लामा समाजिक र आर्थिक गतिविधि संयुक्तरुपमा आयोजना गर्दे आइरहेका छन् ।

महुली लघुवित्त वित्तीय संस्था लि.ले विश्वव्यापी तापमान वृद्धि, वायु प्रदुषण लगाएत अन्य वातावरणीय समस्यालाई मध्य नजर गर्दै हरेक वर्ष वृक्षारोपण कार्यक्रमलाई विशेष प्रथमिकतामा राखि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
१२ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले महुलीले समाजमा बेग्लै स्थान बनाउन सफल भएकोमा कर्मचारीहरुलाई विशेष धन्यवाद दिर्दै समुदाय र सेवाग्राही सदस्यहरु प्रति पार्दशी र उत्तरदायि भई छिटो, सरल, सहज सेवा सँगै संस्थाको नारा सबैको लागी, सधैको लागी व्यवहारिकरुपमा लगु गर्न निर्देशन दिएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img