Thursday, April 23, 2026
spot_img
spot_img

हुन्डाई नेपालको ‘December Delight’: छुट, एक्सचेन्ज बोनस र बीमाको सुविधा

spot_img
spot_img

नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले डिसेम्बर ९, २०२४ देखि “December Delight” अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार “December Delight” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, यस अभियानमा Zero Cost Ownership Plan रहेको छ जसमा ग्राहकहरुले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। साथै ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न Wash Coupon र ३ वर्षको Servicing प्याकेजको पनि लाभ लिन सकिने कम्पनीले उल्लेख गरेको छ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको जनाएको हो।  देशभरका सो-रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई कम्पनीले आग्रह गरेको छ। यहि शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुने पनि कम्पनीले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...
spot_img