समृद्धि फाइनान्सको दुई वटा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखा बाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
सो कार्यक्रम गैर फरहदवा टोल, हरिपुरका ६२ जना र कोरियारी टोल, चन्द्रनगर गाँउपालिका १ का ४५ जना किसान र बर्दिबास-१२ दादा टोलका २० जना स्थानीय बासिन्दालाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको फाइनान्सले उल्लेख गरेको छ ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।