Saturday, June 20, 2026
spot_img

भिभो बन्यो नेपाल प्रिमियर लिगको आधिकारिक स्मार्टफोन साझेदार

spot_img
spot_img

अग्रणी प्रविधि ब्रान्ड भिभोले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। “हिमालयको महोत्सव” को रूपमा चिनिने यो प्रतियोगिता मङ्सिर १५ देखि पुस १ सम्म आयोजना हुँदैछ ।

काठमाडौँमा आयोजित एक समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का लगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरू, राष्ट्रिय वितरकहरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

भिभोले भनेको छ ‘यो साझेदारीले भिभोको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। आईपीएल र युईएफए युरो कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।’

कार्यक्रममा बोल्दै भिभो नेपालका सिइओ माइकल लिउले भने, “नेपालको सर्वाधिक प्रतीक्षित क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। खेलकुदको माध्यमबाट नेपाली जनतासँग जोडिन पाउनु हाम्रो लागि गौरवको विषय हो।”

क्यानका सचिव पारस खड्काले भने, “एनपीएलले नेपाली क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्नेछ। भिभोजस्तो विश्वस्तरीय ब्रान्डको साथले प्रतियोगिताको गरिमा बढेको छ।”

प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश छन् । एनपीएलका नियमित अपडेट, विशेष सामग्री तथा प्रतियोगिताहरूका लागि भिभो नेपालका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू फलो गर्न भिभोले सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img