Thursday, September 3, 2026
spot_img

२ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज मङ्सिर १३ गते दुई वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रो फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधरणसभा प्रयोजनको लागि मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सपोर्ट लघुवित्तले पुस ६ गते साधारणसभा बोलाएको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ७६ लाख रहेको छ। लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

फरवार्डले मङ्सिर २८ गते शुक्रबार सुनसरीमा साधारणसभा बोलाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले  आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा १ करोड १ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट...

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार सहयोग

भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक...

ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र...

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...

बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग

विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी...

करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर...