Thursday, June 25, 2026
spot_img

४ महिनामा नेपालले भारतलाई बेच्यो ६६ करोड ५८ लाखको सिमेन्ट र क्लिङ्कर

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना (साउनदेखि कार्तिकसम्म)मा साढे ६६ करोड बढीको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ६६ करोड ५८ लाख ७२ हजार बराबरको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको हो ।

यो ४ महिनामा २९ हजार ८५१ टन क्लिङ्कर निर्यातमार्फत १६ करोड ९० लाख ९ हजार रुपैयाँ नेपाल भित्रिएको छ । यस्तै, २ लाख ३८ हजार ८५४ टन सिमेन्ट निर्यातमार्फत नेपालले ४९ करोड ६८ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

नेपालबाट सिमेन्ट र क्लिङ्कर दूबै भारतमा निकासी हुँदै आएको छ ।

पछिल्लो समय भारतीय पक्षले ‘इन्डियन स्ट्याण्डर्ड’ नवीकरण गर्न आनाकानी गर्दा नेपालबाट सिमेन्टको निकासी प्रभावित भइरहेको छ । उद्योगीहरुले ‘इन्डियन स्ट्याण्डर्ड’ नवीकरणमा सरकारबाट कुटनीतिक पहल आवश्यक रहेको बताउँदै आएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img