Thursday, June 25, 2026
spot_img

मनकामना स्मार्ट लघुवित्तको १० लाख कित्ता बढी शेयरको लकइन अवधि सकिंदै

spot_img
spot_img

मनकामना स्मार्ट लघुवित्तको संस्थापक तथा कर्मचारीहरुको नाममा रहेको शेयरको लक इन अवधि २०८१ असार २७ गते समाप्त हुने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड गरेको ३ वर्ष पुरा भएकोले संस्थापक शेयरधनीको नाममा रहेको १० लाख ८ हजार ३५ दशमलव ४३ कित्ता शेयर र कर्मचारीहरुको नाममा रहेको ७ हजार ४ सय २४ दशमलव ५३ कित्ता शेयरको लक् इन अवधि २०८१ असार २७ गते समाप्त हुने भएको हो।

कम्पनीको साधारण शेयर २०७८  असार १७ गतेदेखि २०७८ असार २१ गतेसम्म सर्वसाधारण ( कर्मचारीहरु समेत) मा निष्काशन तथा बिक्री खुल्ला गरी  २०७८ असार २८ गते बाँडफाँड गरिएकोथियो । कम्पनीको साधारण शेयर सर्वसाधारणकालागि सार्वजनिक निष्काशन गरी बाँडफाँड गरिएको  तीन वर्ष समाप्त भएसम्म संस्थापक शेयरधनी तथा कर्मचारीहरुले धारण गरेको शेयर लक इन मा राख्नु पर्ने व्यवस्था भए बमोजिम लक इनमा राखिएको र उक्त शेयरको २०८१ असार २७ गते लक इन अवधि समाप्त हुने कम्पनीले जनाएको छ ।

शेयरको लकइन् अवधि सकिने भएपनि कम्पनीका संस्थापक शेयरधनीले दोस्रो बजारबाट सहजै आफ्नो नाममा रहेको शेयर बिक्री गर्न पाउने छैनन् । त्यस्तै कम्पनीको संचालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरीद बिक्री गर्न पाउने छैनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img