Thursday, April 23, 2026
spot_img
spot_img

समस्यामा परेको नेटालाई स्थानीय सरकारको सहयोग, अब कम्पनी पुनर्संरचना गर्दै

spot_img
spot_img

आर्थिक समस्यामा परेको चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी नेटा अटोलाई त्यहाँको स्थानीय सरकारले सहयोग गरेको छ । स्थानीय सरकारको सहयोग पाएपछि कम्पनीले कम्पनीको पुनर्संरचना पनि थालेको छ ।

नानिङ इन्डस्ट्रियल इन्भेस्टमेन्ट ग्रुपले नेटाको माउ कम्पनी होझोन अटोसँग रणनीतिक साझेदारी गरेको हो । साझेदारी अनुसार ग्रुपले कम्पनीलाई आपूर्ति र आपूर्ति श्रृंखलामा वित्तीय सहयोग प्रदान गर्ने स्थानीय मिडिया यिसाईले नेटाको स्रोतलाई उद्धृत गर्दै भनेको छ । यस समूहले नेटालाई कच्चा पदार्थको स्रोत व्यवस्थापन, उत्पादन, ढुवानी र आफ्नो नानिङ उत्पादन आधारबाट केडी (नक्ड डाउन) किटको निर्यात व्यवस्थित गर्न मद्दत गर्ने बताईएको छ । रिपोर्ट अनुसार यस साझेदारीले नेटालाई विदेशी मोडेल उत्पादन र डेलिभरीमा सहयोग गर्नुका साथै यसको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न र विदेशमा आपूर्ति श्रृंखलाको स्थिरता सुनिश्चित गर्न पनि मद्दत गर्नेछ ।

नानिङ इन्डस्ट्रियल इन्भेस्टमेन्ट ग्रुप नोभेम्बर २०१३ मा नानिङ सिटी सरकारको नेतृत्वमा स्थापना भएको हो, जसको मुख्य व्यवसायहरूमा औद्योगिक लगानी र व्यवस्थापन, पार्क निर्माण र संचालन र सम्पत्ति सञ्चालन तथा व्यवस्थापन समावेश छन् ।

होझोन सन् २०१४ को अक्टोबरमा स्थापना भएको हो, र सन् २०१७ को अप्रिलमा चीनको आर्थिक योजनाकार नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (NDRC) द्वारा गाडी उत्पादन गर्न स्वीकृत भएको थियो । नेटा ब्राण्डले चीनमा नेटा एक्स, नेटा जीटी, नेटा एस, नेटा आय, र नेटा एल जस्ता मोडेलहरू बिक्री गर्छ, जसको मूल्य १३ हजार ८ सय डलरसम्म रहेको छ।

सन् २०२३ को जुनमा होझोनले हङकङमा सूचीकृत हुने आवेदन दिएको थियो । तर, त्यसपछि कुनै नयाँ प्रगतिहरू देखिएको छैन, र कम्पनीको संचालन हालै चुनौतीपूर्ण बनेको छ । नेटाले ठूलो संख्यामा कर्मचारी कटौती सुरु गरेको छ, जुन ७० प्रतिशतसम्म पुग्न सक्ने विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन्।

कम्पनीले अब ठूलो रणनीतिक पुनःसंरचना अघि बढाइरहेको बताईएको छ । यस पुनर्संरचनापछि नेटाको संगठनात्मक संचालन क्षमतामा ५० प्रतिशतले वृद्धि हुने र संचालन खर्च ५० प्रतिशतभन्दा बढीले घट्ने अपेक्षा गरिएको छ ।

नेटाले नोभेम्बर १२ मा बोलिभियाको सबैभन्दा ठूलो अटो बिक्री समूह ग्रुपो साभेद्रासँग सम्झौता गरेको छ, जसले संयुक्त रूपमा च्यानलहरू निर्माण गर्ने र बोलिभियामा गाडी बिक्री गर्नेछ । नेटाले अर्को वर्षको पहिलो त्रैमासिकमा बोलिभियामा आफ्नो पहिलो स्टोर खोल्ने र बिक्री सुरु गर्ने योजना बनाएको छ । सन् २०२५ सम्ममा कम्तीमा १० स्थानीय बिक्री च्यानलहरू स्थापना गर्दै नेटा आय र नेटा एक्सको बिक्री शुरू गर्ने बताईएको छ ।

नेपालमा नेटाका गाडीहरु चौधरी समूहले आयात गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...
spot_img