अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको अग्रणी वितरक कम्पनी भावना बिजनेस लिंकले नेपाली बजारमा क्याबर्ग हेल्मेट भित्र्याएको छ । कम्पनीले देशभरका मोटरसाइकल राइडरहरुको सुरक्षा र स्टाइलिस मोडलको इटालियन ब्राण्ड क्याबर्गलाई नेपाल भित्र्याएको हो ।
कम्पनीले उक्त हेल्मेट र अन्य सहायक सामग्री राइडर्स भ्याली प्रा.लि.द्वारा वितरण र बजारीकरण गरिने जनाएको छ ।
सुरक्षा र अत्याधुनिक प्रविधिसहित अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूरा गरेर बनाइएको क्याबर्ग हेल्मेट नेपालमा ल्याउन पाउँदा कम्पनी हर्षित भएको र ग्राहकहरूलाई सुरक्षा र सन्तुष्टि प्रदान गर्न तत्पर रहेको कम्पनीले जनाएको छ ।
भावना बिजनेस लिंकले क्याबर्ग हेल्मेटले मोटरसाइकल खेलकुद र खेल पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको छ ।













