Sunday, May 10, 2026
spot_img

सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा नेपाल टेलिकम, व्यक्तिमा राजबहादुर शाह

spot_img
spot_img

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा कम्पनीतर्फ नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ । व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

विभाकका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, वस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातमा कोडावतार प्रा.लि., कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बीमातर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएको छ । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३९ वर्षीया लौरा बनिन् कोस्टारिकाको राष्ट्रपति, अपराध नियन्त्रणको मुद्दाले विजयी

कोस्टारिकाले आफ्नो इतिहासमा दोस्रो महिला राष्ट्रपतिको रूपमा ३९ वर्षीया...

‘भ्याटको दर १३ बाट १० प्रतिशतमा झार्नुपर्छ, १० लाख सम्मको कमाईमा कर छुट दिनुपर्छ’

अहिलेको सरकारलाई प्रोग्रेसिभ कर प्रणालीको सुरुवात गर्ने र कार्यान्वयन...

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ चालकको सवारीचालक अनुमतिपत्र...

सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

आज यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

आइतबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का...
spot_img