Sunday, May 10, 2026
spot_img

वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड बक्यौता, अब विदेशी मुद्रा सटही सुविधा पाउने

spot_img
spot_img

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई २ अर्ब १५ करोड रुपैयाँ बक्यौता राजस्व बुझाएको छ । यसअघि इन्टरनेटको मर्मतसम्भार र मेन्टेनेन्स चार्जमा लाग्ने रोयल्टी र आरटीडीएफ शुल्क तिर्न नपर्ने दाबी गर्दै आएको कम्पनीले सर्वोच्च अदालतले उक्त चार्जमा पनि रोयल्टी र आरटीडीएफ शुल्क लाग्ने भनिदिएपछि एकैपटक नेपाल दूरसंचार प्राधिकरणलाई बक्यौता तिरेको हो ।

कम्पनीले प्राधिकरणको खातामा २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ जम्मा गरिदिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिएका छन् । कम्पनीले बुझाएको रकममध्ये दूरसंचार विकास कोष (आरटीडीएफ) वापतको ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ र रोयल्टी वापतको १ अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ छ ।

कम्पनीले एकैपटक बक्यौता बुझाएसँगै अब विदेशी मुद्रा सटहीको सुविधा पनि पाउने प्राधिकरणले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३९ वर्षीया लौरा बनिन् कोस्टारिकाको राष्ट्रपति, अपराध नियन्त्रणको मुद्दाले विजयी

कोस्टारिकाले आफ्नो इतिहासमा दोस्रो महिला राष्ट्रपतिको रूपमा ३९ वर्षीया...

‘भ्याटको दर १३ बाट १० प्रतिशतमा झार्नुपर्छ, १० लाख सम्मको कमाईमा कर छुट दिनुपर्छ’

अहिलेको सरकारलाई प्रोग्रेसिभ कर प्रणालीको सुरुवात गर्ने र कार्यान्वयन...

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ चालकको सवारीचालक अनुमतिपत्र...

सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

आज यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

आइतबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का...
spot_img