Wednesday, June 10, 2026
spot_img

ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

spot_img
spot_img

ग्लोबल आईएमई बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २७ गतेको लागि साधारणसभा आह्वान गरेको हो ।

बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। बैंकले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव 

१) संचालक समितिको तर्फवाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।

३) यस बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्यूरिटिज लि. (साविक जेविएनएल सेक्युरिटिज लि) को आ.व २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तिय विवरण स्वीकृत गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८१/८२ को लेखापरीक्षण कार्यका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) स्वतन्त्र संचालकको नियुक्तीको जानकारी सम्बन्धमा ।

विशेष प्रस्ताव

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ साल आषाढ मसान्त सम्म कायम रहेको सञ्चित मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट बैंकको चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हद सम्म जारी तथा चुक्ता पूँजी बृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने ।

२) बैंकको प्रबन्धपत्र/नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा
आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img