Friday, May 8, 2026
spot_img

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी अर्थशास्त्रीलाई

spot_img
spot_img

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोबिन्सनलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

संस्थाहरूको निर्माण र तिनले कसरी समृद्धिलाई प्रभावित गर्छन् भन्ने अध्ययनका लागि अर्थशास्त्री त्रयलाई पुरस्कृत गर्न लागिएको हो ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले पुरस्कार घोषणा गर्दै भनेको छ, ‘उनीहरूको अनुसन्धानले हामीलाई संस्थाहरूको महत्त्व बुझ्न र समाजमा आर्थिक वृद्धिलाई बढावा दिन कसरी काम गर्न सकिन्छ भन्ने बारेमा गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ।’

असिमोग्लु, जोनसन र रोबिन्सनको अनुसन्धानले कुनै पनि देशको आर्थिक वृद्धि र समृद्धि त्यहाँका संस्थाहरू कस्ता छन् भन्ने कुरामा निर्भर गर्दछ भन्ने कुरा देखाउँछ । उनीहरूले इतिहासका विभिन्न कालखण्ड र विश्वका विभिन्न भागहरूमा भएका घटनाहरूको अध्ययन गरेर यस बारे निष्कर्ष निकालेका हुन्।

उनीहरूका अनुसार समावेशी र प्रभावकारी संस्थाहरू भएका देशहरूमा आर्थिक वृद्धि हुने सम्भावना बढी हुन्छ ।

डारोन असिमोग्लु म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा आवद्ध छन् भने साइमन जोनसन एमआईटी स्लोन स्कूल अफ म्यानेजमेन्टमा आवद्ध छन् । अर्थशास्त्री जेम्स रोबिन्सन भने हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...
spot_img