Friday, May 8, 2026
spot_img

सीजी नेटको हात खाली नरहने अफरः बम्परमा हिरोको जूम स्कुटर जित्ने मौका

spot_img
spot_img

दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजी नेटले ग्राहकहरूको लागि असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफर ल्याएको छ ।

यस अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवासँगै ३ महिना सम्मको बोनस रु. १५०० सम्मको नगद छूट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाई–फाई–६ अपग्रेड पनि पाउन सक्नुहुनेछ ।

यस हातै खाली नरहने अफरको साथमा, सीजीनेटको १०१ एमबीपिएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले सुरुवाती मूल्य रु.९,९९९ मात्रमा स्मार्ट बल्ब निःशुल्क पाउने छन् । १५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. १२,४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) निःशुल्क पाउनेछन् ।

यसैगरी, ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. १४,४९९ मा दुबै निःशुल्क पाउनेछन् ।

नेपालका अधिकांश सहरमा सस्तो, छिटो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रामक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सी जी डिजिटल, मिनिसो, फॉरएवर यंग, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र कलास्सीक डायमंडका सामान खरिदमा ७० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ ।

त्यस्तैगरी, नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा रु. ५०,००० मूल्य बराबरका मिनिसो र फॉरएवर यंग ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । साथै, नोथिंग ब्रान्डको सीएमएफ फोन–१, एयरबर्ड र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ । आक्रामक बजार नीतिका साथ, आफ्ना ग्राहकहरूलाई यस योजना अन्तर्गत मासिक रूपमा वाशिङ्ग मेसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको जूम स्कुटर उपहार स्वरूप घोषणा गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...
spot_img