Friday, May 8, 2026
spot_img

जाम्बियाका गैरआवासीय राजदूतद्वारा महासंघ अध्यक्षसँग भेटवार्ता, पर्यटन र खानी क्षेत्रको प्रवद्र्धनबारे छलफल

spot_img
spot_img

नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग भेटवार्ता गरेका छन् । नेपालको निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको महासंघका अध्यक्षसँग नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दले नेपालमा लगानी विस्तार, अवसर तथा सम्भावनाका क्षेत्रका बारेमा कुराकानी गरेका छन् ।

महासंघका अध्यक्ष ढकाल र नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दबीच नेपाल र जाम्बियाबीच सहकार्यका नयाँ अवसरहरू खोज्ने, द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, लगानी विस्तार गर्ने लगायतका विषयमा कुराकानी भएको छ । दूबै देशको पर्यटन र खानी क्षेत्रलाई प्रवद्र्धन गरी आर्थिक विकासमा हातेमालो गर्ने विषयमा छलफल भएको नेपालका लागि जाम्बिया गणतन्त्रका अवैतनिक वाणिज्य दूत देशबन्धु बस्नेतले जानकारी दिएका छन् ।

जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच नयाँ अवसरहरुको खोजी गर्ने, द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, लगानी विस्तार गर्ने तथा पर्यटन र खानी क्षेत्रको प्रवद्र्धनमा सहकार्य विषयमा समझदारी समेत बनेको छ । यसका लागि जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच निकट भविष्यमै समझदारीमा औपचारिक हस्ताक्षर हुने भएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका...

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...
spot_img