Tuesday, August 25, 2026
spot_img
spot_img

एलआरआर ग्रुपविरुद्द स्काईवेलको बिक्रेता जी मोटर्स अदालत पुग्यो

spot_img

स्काईवेल गाडीको वितरक दाबी गर्दै अधिकतम् खुद्रा बिक्री मूल्यसमेत सार्वजनिक गरेपछि एलआरआर ग्रुपविरुद्द जी मोटर्स अदालत पुगेको छ । एलआरआर ग्रुपको एलआरआर मोटर्सले आफू पनि स्काईवेल गाडीको आधिकारिक बिक्रेतामा नियुक्त भएको भन्दै खुद्रा बिक्री मूल्य सार्वजनिक गरेपछि यसअघि नै आधिकारिक बिक्रेता बनेर गाडी बजारमा उपलब्ध गराउन थालिसकेको जी मोटर्सले अदालतमा मुद्दा दायर गरेको हो ।

जी मोटर्सले स्काईवेलको बीई–११ ल्याउँदैछ । नाडा अटो शो २०२४ मा जी मोटर्सले स्काईवेल बीई–११ का दुइ मोडल प्रस्तुत गर्दैछ । जी मोटर्सले नाडा अटो शोको प्रिमीयम स्टल समेत बुकिङ गरिसकेको छ ।

तर, बिहिबार एलआरआर ग्रुपले स्काईवेल गाडीको आधिकारिक बिक्रेतामा आफू नियुक्त भएको भन्दै बीई–११ को मूल्य सार्वजनिक गरेको छ । १५० किलोवाट मोटर क्षमता रहेको र ८५.९६ किलोवाट आवरको ब्याट्री प्याक भएको यो गाडीको मूल्य एलआरआर ग्रुपले ८० लाख तोकेको छ ।

यसअघि जी मोटर्सले भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको स्काइवेल बीई–११ का दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार र ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले एलआरआर ग्रुपले अनाधिकृत रुपमा आफूलाई आधिकारिक बिक्रेता दाबी गरिरहेको र झुठो दाबी गरेर आफ्नो खुट्टा तान्ने काम गरेको बताएका छन् । उनले एलआरआर ग्रुपविरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरेको र अदालतले अहिले कारणदेखाउ आदेश दिएर भदौ ५ गते अर्को पेशी तोकेको बताएका छन् ।

उनले एलआरआरसहित कुनै पनि ग्रुप वा आयातकर्ताले नयाँ ब्राण्ड ल्याएर काम गरेको खण्डमा आफूले सम्मान गर्ने तर, झुठो दाबी गरेर यसअघि अर्को समूहले ल्याइरहेको ब्राण्डमा धावा बोल्नेविरुद्द कानुनी उपचारबाटै कारबाही गराउने चेतावनी दिएका छन् ।

‘मुख्य उत्पादकसँग नपुगी हङकङबाट गाडी ल्याउँछु भनेर उपभोक्तालाई छुक्याउने काम भएको छ, यस विषयमा वाणिज्य विभागमा पनि उजुरी दिएको छु, अदालतमा पनि मुद्दा हालेको छु, अदालतले अहिले कारणदेखाउ आदेश दिएर भदौ ५ गतेका लागि अर्को पेशी तोकेको छ’ गेलालले भने, ‘मलाई नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास छ ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...