Saturday, May 2, 2026
spot_img
spot_img

सामान्य अंकले घट्यो नेप्से, नेपाल फाइनान्स र हिमालय रि–इन्स्योरेन्सको उच्च कारोबार

spot_img
spot_img

आज मंगलबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से तीव्र उताचढावका बीच अन्तिममा ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा झरेको छ ।

आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ५१ करोड ५० लाख १० हजार ६३३.३१ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १५७ कम्पनीको शेयरमूल्य घटेको छ । ८० कम्पनीको शेयर मूल्य बढेको छ ।

आज बढी कारोबार हुनेमा नेपाल फाइनान्स, हिमालय रि–इन्स्योरेन्स, अपी पावर, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर कम्पनी छन् । त्यस्तै, आज बढी कमाउने लगानीकर्तामा मातृभूमी लघुवित्त, पिपुल्स पावर लिमिटेड, दोल्ती पावर, गुडबिल फाइनान्स र न्यादी हाइड्रोका लगानीकर्ता छन् ।

नेपाल फाइनान्स, आत्मनिर्भर लघुवित्त, मैलुङखोला जलविद्युत, अभियान लघुवित्त र सगरमाथा हाइड्रोपावरका लगानीकर्ताले बढी गुमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा होटल र उत्पादन क्षेत्रका लगानीकर्ता छन् । आज फाइनान्स र जीवन बीमा कम्पनीको समूहबाहेक सबै समूहगत सूचक घटेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img