Thursday, April 30, 2026
spot_img
spot_img

यशोदा फुड्सले भन्यो, ‘डेडिकेटेड ट्रंक लाइन लिएका छैनौँ, तिरेको रकम अग्रिम दाखिला गरिदिनू’

spot_img
spot_img

यशोदा फुड्स प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणसँग आफूले नियमित महशुलभन्दा बढी तिरेको रकमलाई अग्रीम दाखिला कायम गरिदिन माग गरेको छ । कम्पनीले आइतबार प्राधिकरणलाई पत्र पठाउँदै डेडिकेटेड तथा ट्रंक लाइनको सुविधा नलिएको र कम्पनीले दाखिला गरेको बढी रकम आगामी तिर्नुपर्ने महशुलमा हिसाब मिलान गर्ने गरी अग्रीम दाखिला कायम गरिदिन माग गरेको हो ।

‘यस उद्योगको चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र सिफारिस बमोजिम केही तिर्नुपर्ने बुझाउनुपर्ने सो तिर्न बुझाउन तयार रहेका छौं भन्दा पनि विवादित रकम तत्काल दाखिला गर्न अन्यथा लाइन काटिने तथा कानुन अनुसार भइजानेछ भनि प्राधिकरणबाट ताकेता आएको छ,’ यशोदा फुड्सले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ‘उद्योगले विभिन्न खाद्य वस्तु उत्पादन गरी बिक्री गर्दै आएको छ । बजारमा माग बढी रहेको विषयमा तत्काल मनन गरी माग बमोजिम उत्पादन बजारमा पूर्‍याउन नसकेमा बजारमा असर पर्ने कारणबाट उद्योग बाध्य भई केहि रकम दाखिला गरेका हौँ ।’

उद्योगले उद्योगका तर्फबाट बढी दाखिला भएको रकम आगामी तिर्नुपर्ने महशुलमा हिसाब मिला गर्ने गरी अग्रीम दाखिला कायम गरिदिन भनेको छ ।

यशोदा फुड्सले ट्रंक तथा डेडिकेटेडलाइन बापत भन्दै ४ लाख २५ हजार २३१ रुपैयाँ तिरेको थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन पावर पार्टनरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद...

सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

माउण्ट एभरेष्ट पावरको पहिलो चरणको आईपीओ आजदेखि

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि...

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...

२९ महिनापछि टुङ्गो लाग्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्चमा परेको मुद्दा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो...
spot_img