Friday, April 24, 2026
spot_img
spot_img

सिट्रोनको विशेष अफरसहित नेपालभर निःशुल्क चेकजाँच क्याम्प

spot_img
spot_img

नेपालमा सिट्रोन गाडीहरुको लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन गाडीको ग्राहकहरुलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्दैछ । यो क्याम्पले खरीद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस क्याम्पमा फ्री सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुने छन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरुको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने विश्वास कम्पनीको छ ।

यो क्याम्प दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण श्रावण २७ र २८ गते विर्तामोडमा, श्रावण २९ र ३० गते बिराटनगरमा र श्रावण ३२ गते बीरगञ्जमा हुँदैछ ।

दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाट समावेश छन् । यी स्थानमा आयोजना हुने क्याम्पको मिति छिट्टै घोषणा गरिनेछ ।

सिट्रोनले आफ्ना ग्राहकहरुलाई तोकिएको मिति र स्थानहरूमा यी विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img