Tuesday, September 8, 2026
spot_img

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

spot_img

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताएकी छिन् । उनले विशेषगरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको
तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गरेकी छिन् ।

संकट र विपद्का समयमा नाइमा सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिवद्धता व्यक्त गर्दै उनले भनिन्, “यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यवद्धताको सन्देश पनि हो ।”

सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले नाइमाले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै विपद्को यस संवेदनशील र कठिन घडीमा प्राप्त सहयोग अत्यन्त मूल्यवान् रहेको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको...