आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ७ रुपैयाँ तोकिएको छ ।









