Tuesday, September 8, 2026
spot_img

जेन् जी आन्दोलनको एक वर्षः हिल्टन अझै खण्डहर, जुरुक्क उठ्यो भाटभटेनी

spot_img

आज भदौ २३ गते । जेन् जी आन्दोलनको एक वर्ष पूरा भएको दिन । २०८२ भदौ २३ र २४ गतेको जेन् जी आन्दोलनका क्रममा मृत्यु भएका युवाहरुको सम्मानमा सरकारले अबदेखि हरेक वर्षको भदौ २३ गतेलाई ‘जेन् जी शहीद दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । आज देशैभरी जेन् जी शहीद दिवस मनाइँदैछ, यसका लागि सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

जेन् जी आन्दोलनको एक वर्ष पूरा भएपनि त्यस क्रममा क्षतिग्रस्त भएका संरचना भने अझै जीर्ण अवस्थामा छन् । बानेश्वरस्थित संसद भवन जेन् जी आन्दोलनकै क्रममा जलेर कवाड बनेका गाडीहरुले भरिएको छ । सिंहदरबारमा पनि अझै धुँवाको गन्ध आइरहेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरण, सडक विभाग लगायतका सरकारी भवनहरु अझै जीर्ण छन् ।

हिल्टन अझै खण्डहर

जेन् जी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको हिल्टन होटेल अझैपनि खण्डहरकै रुपमा छ । नक्सालस्थित पाँचतारे यो होटल २०८१ साउनबाट सञ्चालनमा आएको थियो । ८ अर्ब हाराहारीको लगानीमा बनेको यो होटल सञ्चालनमा आएको एक वर्षमै खरानी भयो । शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टनको सेयर किनेको भन्ने गलत सन्देशका कारण आक्रोशित भिडले हिल्टनमा आगो लगाएको थियो ।

जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि होटलले दी ओरियन्टल इस्योरेन्समा ६ अर्ब बराबरको बीमा दाबी गरेको थियो । तर, यो विषय अझै टुङ्गिएको छैन । यो प्रकरणमा हिमालयन रिइन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्ससहित ४ कम्पनी कारबाहीमा समेत परेका छन् । तर, होटलका लगानीकर्ताहरुले ब्यहोर्नु परेको ठूलो नोक्सानी भने पुर्ति भएको छैन ।

एकवर्ष बितिसक्दा पनि यो होटल न पूर्णनिर्माण हुन सकेको छ, न अब पूरानै अवस्थामा पुनःनिर्माण हुन सक्ने छ । बरु, अन्तर्राष्ट्रिय चेन होटल ब्राण्डले समेत हात झिक्ने प्रक्रिया अघि बढाएको बताइन्छ ।

जुरुक्क उठ्यो भाटभटेनी

जेन् जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति ब्यहोरेको ब्यहोर्ने निजी क्षेत्रको व्यापारिक प्रतिष्ठान हो ‘भाटभटेनी’ । तर, यो एक वर्षको बीचमा मिनबहादुर गुरुङ र उनको समूहले आफूहरु ‘गल्दैनौँ’ भन्ने सन्देश दिन सफल भएका छन् ।

जेन् जी आन्दोलनका क्रममा भाटभटेनीका २७ मध्ये ११ वटा स्टोर र एउटा गोदाममा पूर्ण रुपमा क्षति पुगेको थियो । नक्साल (भाटभटेनी मुख्यालय), महाराजगञ्ज, बौद्ध, कोटेश्वर आउटलेट पूर्ण रुपमा ध्वस्त भएका थिए । बालुवाटारको वेयरहाउसमा पनि आगजनी गरिएको थियो । पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरान आउटलेट पनि पूर्णरूपमा ध्वस्त भएको थियो ।

यसबाट भाटभटेनीले ११ अर्ब बराबरको क्षति ब्यहोरेको थियो । त्यस पछिको यो अवधिमा भाटभटेनीको ब्यापारमा २० प्रतिशतभन्दा बढीको संकुचन आएको छ । तर, मिनबहादुर र उनको समूहले एक वर्षभित्रै क्षतिग्रस्त अधिकांश आउटलेट सञ्चालनमा ल्याइसकेका छन् ।

भदौ २४ गते पुतली लाइन, धरान स्थित भाट–भटेनी सुपरस्टोर सञ्चालनमा आउँदैछ । यसैगरी असोज ५ गते टंगालस्थित भाटभटेनी (भाटभटेनीको मुख्यालय) पुनः खुल्नेछ । दमक र हेटौँडा भाटभटेनी भने दशैँपछि सञ्चालन आउने छन् ।

११ अर्ब हाराहारीको क्षति र तिनको पुनःनिर्माणमा थप ३ अर्ब बराबरको लगानी गर्दा भाटभटेनीले जेन् जी आन्दोलनबाट करिब १४ अर्ब नोक्सानी ब्यहोर्नु प¥यो । तर, हजारौँ कर्मचारी, लाखौँ उपभोक्ता र शेभेच्छुकहरुको साथ, विश्वास र भरोसाले एक वर्षमै आफूहरु उठ्न सफल भएको भाटभटेनीका प्रमुख सञ्चलन अधिकृत पानु पौडेल बताउँछन् ।

‘त्यत्रो क्षति आँखै अगाडि देख्दा उठ्न सकिँदैन कि भन्ने चिन्ता थियो । तर, एक वर्षभित्रै आँट, साहस र लाखौँ उपभोक्ता तथा हजारौँ कर्मचारीहरुको साथ सहयोगले हामी पुनः उठ्न सफल भएका छौँ’ उनले भने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको...

नेपाल टेलिकमका कर्मचारीको तर्फबाट २ करोड २ लाख सहयोग

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका...

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...