Tuesday, September 8, 2026
spot_img

नबिल बैंकको लाभांश घोषणा

spot_img
नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित बोनस शेयरको कुल रकम रु. १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि रु. २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
त्यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले रु. २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी रु ५ अर्ब रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पूँजी रु २७ अर्ब ५ करोड ६९ लाख हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको...