गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख पुग्नेछ।









