सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि सरकारमार्फत ५१ लाख सहयोग उपलब्ध गराएको छ । कम्पनीले भोटेकोशीमा आएको बाढी पीडितका लागि कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट ५१ लाख प्रदान गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीहरुले आफनो एक दिनको तलब प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सामुहिक रुपमा जम्मा गरेका छन् । कर्मचारीहरुबाट ११ लाख रकम संकलन भएको थियो ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले गहिरो दुख व्यक्त गरेको छ ।









